Deprecated: Required parameter $tag follows optional parameter $content in /var/www/html/wp-content/plugins/wp-native-articles-pro/includes/class-facebook-content-parser.php on line 222

Deprecated: Required parameter $tag follows optional parameter $content in /var/www/html/wp-content/plugins/wp-native-articles-pro/includes/transformers/actions-transformers.php on line 255

Deprecated: Required parameter $tag follows optional parameter $content in /var/www/html/wp-content/plugins/wp-native-articles-pro/includes/transformers/actions-transformers.php on line 274
सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच ठेलमठेल « Image Khabar


सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच ठेलमठेल



काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसयी र प्रहरीबीच आज पनि ठेलमठेल भएकाे छ । प्रहरीले धर्नास्थलमा कानुन व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच ठेलमठेल भएको हो ।

सर्वोच्च परिसरमा धर्ना बसिरहेको कानून व्यवसायीहरूलाई सुरक्षाकर्मीले घेरा हालेको थियाे । आन्दोलित कानुन व्यवसायीहरूले आफूहरू शान्तिपूर्ण धर्ना दिने बताएका थिए । तर सुरक्षाकर्मीले उनीहरूलाई रोकेपछि धकेलाधकेल भएको हाे । न्यालयमा सुधारकाे माग गर्दै तीन हप्तादेखि वलिलहरु आन्दाेलन गरिरहेका छन् ।