बैंकलाई संयमित हुन गभर्नरको आग्रह « Image Khabar


बैंकलाई संयमित हुन गभर्नरको आग्रह



काठमाडौं, मंसिर १ । गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई संयमित हुन आग्रह गर्नु भएको छ ।

नेपाल बैंकर्स संघका नवनियुक्त पदाधिकारी तथा पूर्वअध्यक्षहरुसँगको भेटमा गभर्नर अधिकारीले राष्ट्र बैंकले जारी गर्ने नीति÷निर्देशनहरु सरोकारवालाहरुसँग छलफल गरी ल्याउने आश्वासन पनि दिनु भयो ।

संघका नवनियुक्त अध्यक्ष अनिलकुमार उपाध्यायको नेतृत्वमा गएको टोलीले गभर्नर अधिकारी समक्ष आगामी मौद्रिक नीति समीक्षाका लागि सुझाव पेश गरेको हो ।