विश्व बजारमा नेपाली कफीको माग बढ्दै « Image Khabar


विश्व बजारमा नेपाली कफीको माग बढ्दै



झापा, मंसिर १ । विश्व बजारमा नेपाली कफीको माग दिन प्रतिदिन बढ्दै गएको व्यवसायीहरुले बताएका छन् ।

१७ औं राष्ट्रिय कफी दिवसको अवसरमा झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीहरुले नेपाली कफीको माग विश्व वजारमा बढ्दै गएको बताएका हुन् ।

जसका कारण कफिको मूल्य राम्रो पाइएको उनीहरुको भनाई छ । विरुवा रोपेको ३ बर्षदेखि ४० बर्षसम्म उत्पादन दिने हुँदा कृषकलाई कफी खेतीमा लाग्न समेत उनीहरुको सल्लाह छ ।

कफी विकास बोर्डको तथ्याङ्क अनुसार प्रदेश नं. १ मा ७ सय ५९ हेक्टर जमिनमा कफी खेती हुँदै आएको छ ।

यो प्रदेशमा वार्षिक ५९. ६ मेट्रिक टन कफी उत्पादन भइरहेको बोर्डले जनाएको छ ।