Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


सत्तापक्षका सांसदहरूलाई एमालेको फोन उठाउनै गाह्रो पर्ने अवस्था भयो– मुख्यमन्त्री राई

‘आफ्नो पार्टीको चिन्ता गर्नुस्, कांग्रेसको होइन’

0
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सत्ता पक्षका सांसदहरुलाई एमालेको फोन उठाउनै गाह्रो पर्ने अवस्था भएको बताउनुभएको छ ।

विश्वासको मत माग्ने क्रममा एमाले सांसद हिक्मतकुमार राईले लगाएको आरोपको जवाफ दिँदै उहाँले एमालेले विभिन्न प्रलोभन देखाएको बताउनुभयो ।

‘होटलको खर्चको कारणले हतार भन्ने कुरा आयो, अनुभवीलाई थाहा हुन्छ,’ उहाँले भन्नुभयो, ‘सत्ता पक्षमा रहेका साथीहरूलाई एमालेको फोनै उठाउन गाह्रो पर्ने भयो, मन्त्री लगायत अन्य ठूला अफर आउन थाल्यो ।’

एमाले सांसद राईले होटलको खर्च उठाउन गाह्रो भएकाले विश्वासको मत लिन हतार गरेको आरोप लगाउनुभएको थियो । हतार गर्नुपर्ने कारण नभएपनि होटलको बिल असाध्यै बढेकाले हतार–हतार विश्वासको मत लिइएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री राई विपक्षी दल एमालेलाई आफ्नो पार्टीको चिन्ता गर्न सुझाव दिनुभयो । आफ्नो पार्टी चलाउन नसकेर दुई तिहाइको सरकारबाट प्रतिपक्षमा पुग्ने एमालेले नेपाली कांग्रेसको चिन्ता गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा हुँदा सात ठाउँको सरकार चलाउन नसकेकाले पार्टी कसरी चलाउने भनेर सिकाउनु हास्यास्पद भएन र ?’

मुख्यमन्त्रीले चाहेको समयमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै राईले सभामुखले प्रतिपक्षी दल नआएको बहाना बनाउन नमिल्ने बताउनुभयो ।

सम्बन्धित समाचार
‘हिम्मत भए २० प्रतिशतको अध्यादेशलाई कानुन बनाउनुस्’