Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


सिन्धुलीमा दुई दर्जन बढी बन्दकर्ता पक्राउ


0
Shares

सिन्धुली । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेपाल कम्युनिष्ट पार्टीका दुई दर्जन बढी कार्यकर्ता सिन्धुलीमाढीबाट पक्राउ परेका छन्।

आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका नेत्रविक्रम चन्द विप्लवनिकट सो पार्टीका जिल्ला स्तरका नेता कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो।

माढीबजारबाट जिल्ला सेक्रेटरी गोपाल, विशेष जिल्ला नेता शशी राई, बिधार्थी नेता मिम एडि, युवा संगठनका केन्द्रीय सदस्य तेज लामा, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष होमराज बसेल लगायत २६ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ परेको सो पार्टीका एक जिल्ला नेताले बताउनुभयो।