
विराटनगर, माघ १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सभामुखको जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्तारुढ दल नेकपालाई सभामुख चयनमा समस्या भए कांग्रेसले सभामुखको जिम्मेवारी लिन तयार रहेको बताए ।
सभापति देउवाले सत्तापक्षका नेताहरुबीच विवाद रहेपनि ‘एमसीसी’ सम्झौता संसदले चाँडो अनुमोदन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्