Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


पत्रकारको क्षमता विकासका लागि सरकारले सहयोग गर्छ– अर्थमन्त्री शर्मा


0
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पत्रकारहरूको क्षमता विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

अर्थमन्त्री शर्माले राष्ट्रिय समाचार समिति (रासस) सरकारी समाचार संस्था भएको उल्लेख गर्दै त्यसले जनसरोकारका सबै आवाजलाई उजागर गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

सोमबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, राष्ट्रिय समाचार समिति (रासस) शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले राससले सरकारको प्रवक्ताको रुपमा काम गर्नुपर्ने बताउँदै सरकारको कमी कमजोरीलाई पनि पारदर्शी रूपमा आवाज उठाउनुपर्ने बताउनुभयो ।

अर्थमन्त्री शर्माले राससमा जनशक्तिको क्षमता अभिवृद्धि गर्ने र यसको संरचनामा सुधार गर्नुपर्ने बताउनुभयो ।

अर्थमन्त्री शर्माले सरकारमा भएका भ्रष्टाचार र अपारदर्शीताविरुद्ध आवाज उठाउँदै आत्मनिर्भर अर्थतन्त्रमा अघि बढेर राष्ट्रिय स्वाधीनता, रोजगारी र युवा जनशक्तिलाई देशमै स्थापित गर्ने काममा प्रेस सेन्टर नेपालले भूमिका खेल्नुपर्ने बताउनुभयो ।