Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


बारले भन्यो, ‘जबराले राजीनामा दिएपछि नयाँ नेतृत्वसँग वार्ता गर्छौं


0
Shares

काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले गरेको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश राणाले वार्ताको प्रस्ताव गर्दै विज्ञप्ति निकालेपछि सर्वोच्च परिसरमा आयोनित विरोध सभालाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले राणासँग वार्ता नगर्ने बताउनुभयो ।

‘न्यायको गरिमा जोगाउन नसक्ने प्रधान्यायाधीशले राजीनामा दिनुपर्छ, बिचौलिया, विकृति विसंगतिको प्रवक्ता, पक्षपोशकको रूपमा उभिएका जबरासँग वार्ता हुँदैन’, श्रेष्ठले भन्नुभयो, ‘जबराले राजीनामा दिएपछि नयाँ नेतृत्वसँग वार्ता गर्छौं ।’

उहाँले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन पटक–पटक आग्रह गनुभयो ।

प्रगतिशील कानून व्यवसायी संगठन नेपालका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता रुद्र नेपालले पनि प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने अडान राख्नुभएको छ । उहाँले राणासँग वार्तामा नबस्ने बताउनुभयो ।