
एजेन्सी । क्यानेरियाको एक टापूस्थित समुद्रमा डुगा दुर्घटना हुँदा कम्तीमा पनि आठजना आप्रवासीको ज्यान गएको छ ।
आइतबार क्यानरे सामुद्रिक किनारमा सो दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । डुंगाले कम्तीमा पनि ६२ जना यात्रु बोकेको थियो ।
दुर्घटनामा ती आठ जनाको ज्यान गएको र अरुको सकुशल उद्धार गरिएको समाचारमा उल्लेख छ । डुंगा दुर्घटना भएपछि तुरुन्त उद्धारको काम थालिएको थियो । यस क्रममा सातजनाको शव भेटिएको र अर्का एकजनाको अस्पताल लैजाने क्रममा निधन भएको यहाँका अधिकारीले जनाएका छन् ।
यस स्थानबाट आप्रवासीहरुले निकै नै जोखिमपूर्ण अवस्थाबाट यात्रा गर्ने गर्दछन् । यसका कारण यहाँ यसअघि पनि कैयौँ आप्रवासीको यात्राकै क्रममा निधन भएको थियो ।
यस उत्तरपश्चिमी अफ्रिकी क्षेत्रबाट अवैध रुपमा आप्रवासीहरु समुद्र तर्ने गर्दछन् । तर, यहाँ डुंगाको यात्रा निकै असुरक्षित रहेको छ ।
प्रतिक्रिया दिनुहोस्