Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


चर्चका पास्टरले भन्थे: ‘पाप मेटाउन तिमीले मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’


0
Shares

काठमाडौं । ‘रोग र पाप मेट्ने’ विश्वास दिलाउँदै एक युवतीलाई यौन सम्पर्क गर्न दबाब दिएको आरोपमा प्रहरीले चर्चका पास्टरलाई पक्राउ गरेको छ ।

‘विश्वासका लागि आशा विश्वासी मण्डली’ चर्चका विश्वास जोशी भनिने ध्रुवबाबु जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित युवतीले प्रहरीमा जाहेरी दिएपछि महानगरीय प्रहरी परिसर ललितपुरले जोशीलाई नियन्त्रणमा लिएको हो ।

‘पाप मेटाउन तिमीले मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’ भनी पटपपटक जवरजस्ती करणी गरको उल्लेख गरेकी छन् ।

शारीरिक सम्पर्क गरेको कुरो बाहिर ल्याए परमेश्वरको शक्तिले नाश गर्ने भन्दै धम्क्याएको व्यहोरा पीडितको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा जोशीले जबर्जस्ती करणी गरको पीडितले उल्लेख गरकी छन् । –अन्नपूर्ण पोष्ट दैनिकबाट