प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने बारको घाेषणा « Image Khabar


प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने बारको घाेषणा

प्रधानन्यायाधीश जबरालाई विचौलियाको नाइकेको संज्ञा


काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ ।

बिहीबार सर्वोच्च अदालतमा भएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार प्रधानन्यायाधीश राणालाई अदालत प्रवेशमा रोक लगाउने बताउनुभयो । उहाँले बारका सम्पूर्ण अधिवक्ताहरुलाई शुक्रबार बिहान १० बजे सर्वोच्चको परिसरमा उपस्थित हुन पनि आग्रह गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई विचौलियाको नाइकेको संज्ञा दिनुभयो । न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बनेको कार्यदलले तयार पारेको अदालत सुधारको प्रतिवेदन लागू नगरेर प्रधानन्याधीशले विचौलियालाई हावी हुन दिएको उहाँको आरोप छ ।

यस्तै, सर्वोच्च अदालत बार एशोसियसनका अध्यक्ष पूर्णमान शाक्यले पनि बारको कदममा साथ दिँदै काठमाडौं उपत्यकाभित्र रहेक सम्पूर्ण कानुन व्यवसायीहरूले सशक्त प्रदर्शन र विरोध कार्यक्रम हुने जानकरी दिनुभयो ।

आफूहरूकाे सामान्य कार्यक्रममा अवरोध सिर्जना भएसँगै बारले आफ्नो विरोधको शैलीलाई परिवर्तन गरेको अध्यक्ष शाक्यले बताउनुभयो । साथै उहाँले अदालत परिसरमै प्रधानन्यायाधीश राणलाई ‘विचौलियाका नाइके राजीनामा दे’, ‘नेपाल बार जिन्दावाद’ लगायतका नारा लगाउनुभएको थियो ।