Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीले ८० करोड राजस्व छल्यो


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बील प्रयोग गरेर राजश्व छली गरेको ठहर गरेको छ ।

राजस्व न्यायाधीकरणबाट भएको फैसला सदर गर्दै सर्वोच्चले सोमबार उक्त निर्णय सुनाएको हो ।

भाटभटेनीले मूल्य अभिबृद्धि कर छली र त्यसका आधारमा आयकरसमेत छली गरेको आधारमा ८० करोड रुपैंयाँ राजस्व निर्धारण भएको थियो ।

भ्याट छलीमा १० बर्षअघि सुरु भएको अनुसन्धान सर्बोच्चले यो फैसलासँगै कर उठाउने बाटो खुलेको छ ।

०६७ साल फागुनमा पहिलो पटक आन्तरिक राजस्व विभागले छापा मारेर ०६४ सालदेखिको कारोबारको अनुसन्धान अगाडी बढाएको थियो ।

कर निर्धारण हुँदै गर्दा तत्कालीन समयमा अनुसन्धान गर्ने शीर्ष तहका कर्मचारीको सरुवापछि भाटभटेनीलगायत अन्य फर्मको अनुसन्धान लम्बिएको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट