
काठमाडौं । नेपालको पर्यटन प्रचार गर्ने भन्दै पर्यटन बोर्डबाट एक लाख अमेरिकी डलर(एक करोड १३ लाख रुपैंयाँ) लिएर एक विदेशी फरार भएका छन् ।
विश्वका चर्चित कलाकारलाई नेपाल घुमाएर प्रचार गर्ने भन्दै रकम बुझेपछि जर्मन नागरीक माइकल कोबाल्ड सम्पर्कविहीन भएका हुन ।
उनले अमेरिकाबाट पुराना दमकल ल्याएर हिमाली जिल्ला पुर्याएर नयाँ शैलीमा प्रचार गर्ने कार्यक्रममा सम्झौता गरेका थिए ।
‘नेपाल फायर ट्रक एक्सपिडिसन’ नामक उनको कार्यक्रमका लागि बोर्डले दुई लाख डलर सम्झौता गरेर एक लाख डलर सुरुमै दिएको थियो ।
सार्वजनिक खरिद ऐनअनुसार विनाप्रतिस्पर्धा यसरी सम्झौता गर्न मात्र होइन, सुरुमा आधा भुक्तानी गर्नसमेत मिल्दैन । -नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्