Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


नेप्से १५ अंकले उकालो, कारोबार पौने दुई अर्ब पुग्यो


0
Shares

काठमाडौं, पुस २८ । सोमबार पनि सेयरबजारमा सुधार जारी रह्यो ।

यसदिन पनि बजार परिसूचकमा दोहोरो अंकको सुधार जारी रहेको हो । यसदिन कारोबार पनि पौने दुई अर्ब बराबर पुग्यो ।

उतार–चढावबीच नेप्से १५ अंकले उकालो लागेर १२ सय ७० पुग्यो । यसदिन अधिकांश समूह उकालो लाग्यो । लघुवित्त र उत्पादनमूलकबाहेक अरु सबै समूह उकालो लागेको हो ।

जीवनबिमा समूहमा सबैभन्दा उच्च ५२ अंक र जलविद्युत् समूहमा पनि ४८ अंकको वृद्धि आयो । निर्जीवन बिमा, होटल, वाणिज्य बैंक, व्यापार, वित्त र विकास बैंक समूह पनि दोहोरो अंकले सुधारिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १८३ कम्पनीका ५५ लाख १८ हजार कित्ता सेयर एक अर्ब ७१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।