Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


उपसभामुखले राजीनामा दिनैपर्छ : गुरुङ


0
Shares

काठमाडौं, पुस २८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनैपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सभामुखको उम्मेदवार बन्नका लागि पनि उपसभामुख तुम्बाहाङफेले राजीनामा दिनैपर्ने बताए ।

सभामुख चयनको गतिरोध पार्टीसँग मात्रै सम्बन्धित नभएको भन्दै गुरुङले यही तवरले गतिरोध बढे मुलुकको प्रणाली नै खतरामा पर्ने जिकिर गरे ।

उपसभामुखलाई बढुवा गरेर सभामुख बनाउने व्यवस्था नरहेको पनि उनले स्पस्ट पारे ।