यस वर्षको चाडपर्वमा आपराधिक घटनामा कमी « Image Khabar


यस वर्षको चाडपर्वमा आपराधिक घटनामा कमी



काठमाडौं, कात्तिक २२ । अघिल्ला वर्षका दशैं, तिहारको तुलनामा यस वर्ष आपराधिक घटनामा कमी आएको प्रहरीले दावी गरेको छ । मादक पदार्थ सेवन, सडक दुर्घटना, झगडाजस्ता घटना हुने गरेकोमा यो पटक न्यून रहेको प्रहरीले जनाइएको छ ।

पाडपर्र्वअघि नै प्रहरीले सुरक्षा योजना कडि कडाउ बनाएका कारण अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । दशै, तिहारदेखि छठ पर्वसम्मको लागि नेपाल प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।

यसैगरी अर्को महान पर्व छठको लागि पनि देशैभरि आवश्यकीय सुरक्षा व्यवस्था मिलाइसकिएको र ढुक्कले पर्व मनाउन प्रहरीले अपिल गरेको छ ।