२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


‘छाउगोठमा बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर’


0
Shares

काठमाडौं । महिनावारी भएका महिलालाई राख्न बनाइएका छाउगोठ भत्काउन कर्णाली र सुदूरपश्चिममा सरकारले अभियान नै चलाएको छ ।

प्रहरी र जनप्रतिनिधि भौतिक छाउगोठ भत्काउँदै हिँडेका छन्, तर स्थानीयको मनमा रहेको गोठ जस्ताको तस्तै छ ।

त्यसैले महिनावारी भएका महिलाले घरभित्र बास पाएका छैनन् । कतिपय त भत्काइएका छाउगोठ बनाउन थालेका छन् ।  आइतबार अछामको तुर्माखाँद गाउँपालिका ५ धाङ्टाकी कला विक भत्काइएको छाउगोठ मर्मत गर्दै थिइन् ।

शनिबार महिनावारी भएकी उनी ‘देउता रिसाउने डरले घरभित्र पसिनन् । भत्काइएको छाउगोठमा रात बिताइन् ।

मर्मत गर्दै गरेको गोठ फेरि गाउँपालिकाको टोली आएर भत्काइदिन्छ कि भन्ने पिर उनको मनमा छ ।

‘बाहिर बस्दा सरकारको डर छ, भित्र देवी देउताको’, कलावतीले भनिन्, ‘महिनावारी हुँदा सधैँ छाउगोठमा बस्थ्यौँ, अहिले कसरी भित्र छिर्नु ।’-नयाँ पत्रिका दैनिकबाट