Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


हरसिद्धिको १२ वर्षे ‘स्वाँ तपुली प्याखँ’ नाच सम्पन्न


0
Shares

काठमाडौं । ललितपुर स्थित हरसिद्धि त्रिशक्ति भवानीको स्वाँ तपुली प्याखँ सम्पन्न भएको छ। प्रत्येक १२ वर्षेमा भाईटिकाको राति तान्त्रिक नाच देखाईने परम्परा रहेको छ।

हरिसिद्धि मन्दिर अगाडिको डबलीमा बिना मुकुण्डो नाच निकालिन्छ। नाचमा देवगणले मुकुण्डोको बदलामा फूलको पगडी लगाई नृत्य प्रस्तुत गर्ने भएकोले ूस्वाँ तपुली प्याखूँको नामले नाच प्रसिद्ध रहेको छ।

हरसिद्धिको १२ वर्षे जात्रा अन्तर्गत गत कार्तिक १२ गते उपत्यकाका विभिन्न ११ स्थानमा पीठ साधना पूजा सम्पन्न गरिए पछि शनिबार स्वाँ तपुली प्याखँ नाच निकालिएको हो।