३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन सरकारलाई चेतावनी : कांग्रेस प्रवक्ता


0
Shares

काठमाडौं, पुस २७ । नेपाली कांग्रेसले प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन सरकारलाई चेतावनी दिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार जारी गरेको विज्ञप्तिमा सत्तापक्षकै कारण झण्डै एक महिनादेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापुर्वक लिएको भन्दै प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी बनाउन चेतावनी दिइएको छ ।

विज्ञप्तिमा प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित हुनु सरकार र सत्तारुढ नेकपाको संसदप्रतिको गैह्जिम्मेवार व्यवहारको रुपमा लिएको जनाइएको छ ।

संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुने भए पनि विगत तीन महिनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसले तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र नेकपालाई सचेत पनि गराएको छ ।