काठमाडौं ।
सय दिन पूरा गरेसँगै प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार प्रश्नहरुले घेरिन थालेको छ ।
सरकारले गरेका काम र लिएका नीतिमाथि सय दिन नपुग्दै विपक्षी दलहरु आक्रामक बनेका थिए । सरकारले सय दिन कटाएसँगै विपक्षीहरु थप आक्रामक बन्न थालेका छन् ।
विपक्षी दल मात्र होइन, सत्तापक्षकै केही नेताहरु सरकारको शैलीमाथि खनिन थालेका छन् । यसले बालेन सरकारमाथि दबाब बढ्दै जान थालेको छ ।
संसदीय परम्परामा सरकारको सय दिनलाई मधुमासका रुपमा लिने गरिन्छ । यो अवधिमा सामान्यतः विपक्षी दलहरुले पनि सरकारको आलोचना नगर्ने मान्यता रहन्छ । झण्डै दुई तिहाईको बालेन शाह नेतृत्वको शक्तिशाली सरकारको हकमा भने यो मान्यता लागू भएन ।
सय दिन नपुग्दै संसदमा सरकारविरुद्ध विपक्षी दलहरुको मोर्चाबन्दी नै गरे । उनीहरुले प्रधानमन्त्री बालेन शाहको शैलीलाई लिएर निरन्तर संसदमा अवरोध गरे । संसदमा जवाफ दिन पुगेका प्रधानमन्त्री शाहले सीमाको विषयमा विवादास्पद विषय उठाएपछि झन समस्या थपियो । त्यसपछि विपक्षी दलहरुले झन सशक्त रुपमा मोर्चाबन्दी गरे । त्यसयता प्रधानमन्त्री शाह बिरलै संसदमा देखिएका छन् ।
सरकारले केही महत्वपूर्ण निर्णयहरूलाई तीव्र गतिमा अघि बढाएको भए पनि ती निर्णयहरूको कार्यान्वयन प्रक्रिया, सरोकारवालासँगको समन्वय र राजनीतिक संवाद कमजोर रहेको आरोप लाग्दै आएको छ । यही कारण सरकारका कतिपय कदम विवादमा तानिएका छन् भने विभिन्न क्षेत्रबाट आलोचना पनि बढ्दै गएको छ ।









प्रतिक्रिया दिनुहोस्