लक्ष्मीपूजामा १ सय ४७ मेगावाटले बढ्यो विद्युत् माग « Image Khabar


लक्ष्मीपूजामा १ सय ४७ मेगावाटले बढ्यो विद्युत् माग

काठमाडौं उपत्यकाकाे पिक डिमाण्डमा २४.६४ मेगावाटकाे वृद्धि

१९ कार्तिक २०७८, शुक्रबार ०८:५३


काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग (पिक डिमाण्ड) १ सय ४७ मेगावाट बढेको छ ।

गतवर्ष ११२३ मेगावाट रहेकोमा यस वर्ष साँझ सवा ६ बजेको पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ ।

विगतका वर्षहरूमा लक्ष्मीपूजाको माग धान्न विद्युत आयात हुँदै आएकोमा यस वर्ष भने आन्तरिक उत्पादनले नै पुगेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो ।

यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्डमा पनि २४.६४ मेगावाटले बढेको छ । गतवर्ष २९६ मेगावाटको माग हुने यस क्षेत्रमा यस वर्ष ३२०.६४ मेगावाट माग भएको छ ।