२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


तिहारमा १४ किलो सुनको ३१ सय असर्फी बिक्री


0
Shares

काठमाडौं । यस वर्षको तिहारको अवसरमा राष्ट्र बैंकले विभिन्न दरका गरी ३ हजार १ सय थान सुनका सिक्का (असर्फी) बिक्री गरेको छ ।

१० ग्रामका असर्फी ५ सय थान, ५ ग्रामका १ हजार थान र २.५ ग्रामका १ हजार ६ सय थान गरी ३१ हजार थान असर्फी बिक्री भएको राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोद आचार्यले जानकारी दिए ।

तिहारका लागि राष्ट्र बैंकले गत सोमबार र मंगलबार सुन तथा चाँदीका सिक्काको बिक्री खुला गरेको थियो । दुई दिनमा उल्लिखित संख्यामा सिक्का बिक्री गरेको राष्ट्र बैंकले जनाएको छ । यस वर्षका लागि प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एकरएक थानका दरले राष्ट्र बैंकले असर्फी बिक्री गरेको थियो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ मा ३ हजार थान १० ग्रामका, ८ हजार थान ५ ग्रामका र ९ हजार थान साढे २ ग्रामका गरी कुल २० हजार थान असर्फी छपाएको थियो । त्यसयता टक्सार कार्यालय सुन्धाराबाट बबरमहल स्थानान्तरण भएको र निषेधाज्ञाका कारण थप सिक्का छपाइ भएको छैन । २०७६/७७ मै छापेका सिक्का गत वर्ष र यो वर्ष बिक्री गरिएको हो ।

कान्तिपुर दैनिकमा समाचार छ ।