
काठमाडौं । १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।
आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले आज विज्ञप्ति जारी गर्दै खुल्ला म्याराथनको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने जनाएको हो । आयोजकले खुल्ला म्याराथनमा यो नै सर्वाधिक पुरस्कार राशी हुने दाबी गरेको छ ।
यस्तै दोस्रो हुनेले २ लाख, तेस्रोले १ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । म्याराथनको अन्तराष्ट्रिय छाता एम्समा दर्ता गराउने योजना अनुसार पुरस्कार राशी १० लाख पुर्याउने लक्ष्य सहित अघि बढेको आयोजकले जनाएको छ ।
चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुसार खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले सुरु गरिएको पोखरा म्याराथन यस वर्ष फागुन ७ गते आयोजना हुने भएको छ ।
म्याराथनसहित १० किलोमिटर पुरुष तथा महिला, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टिविहिनको पुरस्कार राशीमा समेत वृद्धि हुने भएको छ । प्रतियोगिताको कुल खर्च ९३ लाख र आम्दानी १ करोड ५ लाख हुने आयोजकको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्