२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


खर्च १५ करोड, छैनन् गाई


0
Shares

काठमाडौं, पुस २७ । भीमेश्वर नगरपालिका ८ बोचमा १५ करोड लगानीमा सुरु गरिएको गाई फार्म अलपत्र छ ।

६ सय क्षमताको गाई फार्ममा न गाई छन्, न सञ्चालक नै सम्पर्कमा छन् । फार्मकै लागि भनेर ६ वटा सामुदायिक वनको करिब ३ हजार रोपनी वन स्वाहा पारिएको छ ।

नेपाल डेरी उद्योग संघका पूर्वअध्यक्ष एंव कालिञ्चोक काउफार्म एण्ड रिसर्च सेन्टरका प्रमुख रामकुमार खड्काले सरकारी सहयोगमा गाई फार्म अलपत्र छाडेका हुन् ।

उत्पादन गर्ने लक्ष्यसहित ०६८ देखि काम सुरु गरिएको रिसर्च सेन्टरले फार्मलाई अलपत्र छाडेको हो । यो फार्म काठमाडौंबाट एकसय २० किलोमिटर दूरीमा पर्छ ।

बनेका संरचना अलपत्र छन् । पब्लिक प्राइभेट पार्टनरसिपबाट सुरु गरिएको फार्ममा सरकारको करिब ८ करोड लगानी छ ।

आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।