९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


नोभेम्बर ११ मा दराजको वर्षकै ठूलो सेल


0
Shares

काठमाडौं, कात्तिक १६ । अनलाइन सपिङ कम्पनी दराजले यो वर्ष पनि अनलाइन सपिङमा भारी छुटका साथ नोभेम्बर ११ मनाउने भएको छ ।

कम्पनीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी नोभेम्बर ११ मा वर्ष भरीकै सबैभन्दा ठूलो एक दिवसिय सेल मनाउने जनाएको ।

सो अवसरमा कम्पनीले ११ लाख उत्पादनमा ५ करोड सम्मको छुट, ११ जनालाई टिभिएस रेडर मोटरसाईकल जित्ने अवसर रहेको जनाएको छ ।

कम्पनीले नोभेम्बर ११ का लागि मात्रै १४ सय नयाँ कर्मचारी भर्ना गर्नुका साथै १ हजार नयाँ डेलिभरी एजेन्ट थपेको जनाएको छ ।

यो योजना नोभेम्बर ११ मा सुरु भई २४ घन्टामा समापन हुने छ ।