पुनः चीन अध्ययनका लागि विद्यार्थी जाने व्यवस्था मिलाउन विद्यार्थी संगठनको माग « Image Khabar


पुनः चीन अध्ययनका लागि विद्यार्थी जाने व्यवस्था मिलाउन विद्यार्थी संगठनको माग



काठमाडौं, कात्तिक १६ । कोरोनाका कारण नेपाल फर्किएका विद्यार्थीलाई पुनः चीनमै गएर पढ्ने वातावरण मिलाउन विद्यार्थी संगठनहरुले माग गरेका छन् ।
चीन लगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने व्यवस्था तत्काल मिलाउन माग गर्दै विभिन्न विद्यार्थी संगठनले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापनपत्र बुझाएका छन् ।

विभिन्न विद्यार्थी संगठनले सिंहदरवारमा परराष्ट्रमन्त्री खड्कालाई ज्ञापन पत्र बुझाउँदै विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जान नपाएका विद्यार्थीहरुलाई जाने व्यवस्था मिलाउन माग गरेका हुन् । परराष्ट्रमन्त्री खड्काले अध्ययनका लागि विद्यार्थी जान नपाउनु मानवीय समस्या भएको बताउनुभयो । उहाँले छिटै नै विदेश अध्ययनका लागि जाने व्यवस्था मिलाउने आश्वासन दिनुभयो ।

मन्त्री खड्काले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नुहने बताउँदै सरकारले विद्यार्थीको भविष्य बनाउन भूमिका खेल्ने बताउनुभयो ।