३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


ढकाललाई कानुन र बाँस्कोटालाई सहरी विकास मन्त्रालयकोसमेत जिम्मेवारी


0
Shares

काठमाडौं, पुस २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला र सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी छन् ।

राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रधानमन्त्रीले सम्हाल्दै आएको ती मन्त्रालयको कार्यभार ढकाल र बाँस्कोटाले सम्हाल्ने गरी शुक्रबार तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्दै आएका थिए । रासस