२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सैनिक अदालतमा पठाएको मुद्दा जिल्ला अदालतमा नै फर्काउन अन्तरिम आदेश


0
Shares

काठमाडौं, कात्तिक १४ । नेपाल बार एशोशिएशनले इजलासमा नबस्न दिएको दवाब विपरित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले एकल इजलास चलाउनुभएको छ ।

राणाको एकल इजलासले सैनिक अदालतमा पठाएको मुद्दा जिल्ला अदालतमा नै फर्काउन अन्तरिम आदेश गरेको छ ।

इजलासले नेपाली सेनाको कर्मचारीमाथि लागेको कर्तव्य ज्यान सम्बन्धी मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौँडा इजलासले सैनिक अदालतकै क्षेत्राधिकार हुने भन्दै पठाएको मुद्दा पुनः चितवन अदालतमा नै पठाउने आदेश गरेको हो ।

प्रधानन्यायाधिश राणाको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ । नियमित अदालतले सुनुवाई गर्नुपर्ने मुद्दा जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौँडा इजलासले सैनिक अदालतमा पठाउने निर्णय गरेपछि महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।