Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


उत्पादन घट्ने, खाद्य संकट बढ्ने


0
Shares

काठमाडौं स् पटक–पटक जलवायु परिवर्तनका बहस हुन्छन्। अन्य क्षेत्रका असरलाई बहसमा ल्याइन्छ। तर, कृषि उत्पादनमा परेका प्रभावमा खासै ध्यान दिइँदैन। त्यसले भविष्यमा खाद्य संकट आउने कृषि विज्ञहरू औंल्याउँछन्। जलवायु परिवर्तनले बालीनालीको उत्पादन घट्दै छ। असोज अन्तिम साता परेको बेमौसमी वर्षाले मुलुकभर डुबान र बाढीले ठूलो धनजनको क्षति भयो। जसबाट करिब ११ अर्ब ८७ करोड ५१ लाख रुपैयाँ बराबरको धानबालीमा क्षति पुग्यो। वर्षाले ४ लाख २४ हजार ११३ मेट्रिक टन धान नोक्सान भयो।

जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावका कारण यो वर्ष कृषिबाली लगाउने र भित्र्याउने अनुकूलता नमिलेको नेपाल कृषि अनुसन्धान परिषद्का बाली विज्ञ डा। टीका कार्की बताउँछन्। पछिल्लो समय चाहेको बेला मनसुन भएको छैन। मनसुनको अवधि ४ महिना हुन्थ्यो। अहिले साढे २ महिनामै मनसुन फर्कियो। यही परिवर्तनकै कारण बेमौसमको वर्षाले मुलुकभर अर्बौंको क्षति भएको उनको तर्क छ।

उनका अनुसार विस्तारै हिमाल पग्लिएर आकार घट्दै गएपछि कृषिक्षेत्रमा अड्चन आइपरेको हो। ‘उत्पादनका लागि माटो, सिँचाइ, चिस्यान, बिउ, मल र जनशक्ति जरुरी छ। जलवायुबाहेक माटोको उर्बराशक्ति रासायनिक मलले गर्दा खराब भएको छ,’ उनले भने।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता डा। रामकृष्ण श्रेष्ठका अनुसार केही वर्षअघिसम्म जलवायु परिवर्तन मात्रै गफको विषय थियो। अहिले हाम्रो घर–आँगनमै आइसकेको बताउँछन्। उनले उदाहरण दिँदै भने, ‘अहिले बेमौसमी वर्षा भयो, यस्तो कहिल्यै पनि थाहा थिएन। यसले भावी दिनमा अझै चुनौती थप्ने अध्ययनहरूले देखाइसकेका छन्।’

मन्त्रालयका बाली विकास तथा कृषि जैविक विविधता विभागका डा। श्रेष्ठ वैज्ञानिकहरूले अबको ८० वर्षमा नेपालका हिमाल दुईतिहाइसम्म पग्लिएर सकिने अनुमान गरेको सुनाउँछन्। ‘कतिपयले त अझै धेरै हुने अनुमान पनि गरेका छन्। सन् २००८ सम्ममा हामीले २९ प्रतिशत हिउँ गुमाइसक्यौं भन्ने छ। यसको असर कृषिमा चाहिँ बढी पर्छ,’ उनले भने।

अन्नपूर्ण