Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


यसरी बन्यो जलवायु मुद्दा


0
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ बेलायतको स्कटल्यान्डस्थित ग्लास्गोमा आइतबार सुरु हुँदैछ । विश्वभरका विकसितदेखि विकासोन्मुख र अल्पविकसित राष्ट्रका शीर्ष नेतृत्व र प्रतिनिधिले यो सम्मेलनमा सहभागिता जनाउँदै छन् । उनीहरूले जलवायु परिवर्तनका विविध आयाममा छलफल गर्नेछन् । जोखिम न्यूनीकरण गर्ने उपाय खोज्नेछन् ।

जलवायु परिवर्तनलाई मानव जातिले सामना गर्ने सबैभन्दा ठूलो समस्याका रूपमा लिइएको छ। यसले हावापानी र मौसमको ढाँचामा दीर्घकालीन परिवर्तन गर्छ। मानव गतिविधिले हाम्रो ग्रहको मौसम परिवर्तन गर्न सक्छ भन्ने वैज्ञानिकको दाबीमा एक शताब्दीकोअनुसन्धानपछि मात्र विश्वस्त हुन थालेको पाइन्छ।

यससम्बन्धी वैज्ञानिक खोजको इतिहास १९औं शताब्दीको सुरु तिरको हो। सन् १८२० मा फ्रान्सेली वैज्ञानिक जोसेफ फोरियरले सूर्यबाट पृथ्वीको दूरीलाई ध्यानमा राख्दै पृथ्वी जति न्यानो छ त्यति हुनुहुँदैन भन्ने निष्कर्ष निकाले। उनले यस ग्रहलाई न्यानो राख्न सौर्य विकिरणबाहेक अन्य केही तत्वले भूमिका खेलेको हुनुपर्ने भन्ने दाबी गरे। वायुमण्डलले यसमा महत्वपूर्ण भूमिका निभाएको पत्ता लगाए। फोरियरले मानव गतिविधिले जलवायु परिवर्तनलाई प्रभाव पार्न सक्ने शंका गरे। यसलाई प्रायः ‘हरितगृह प्रभाव’ भनेर चिनिने पछिल्ला अनुसन्धानको आधार मानिन्छ।

आइरिस भौतिकशास्त्री जोन टिन्डलले सन् १८२० देखि सन् १८९५ सम्मको अवधिमा विभिन्न ग्यासले विभिन्न मात्रामा ताप छाड्ने विषयमा अध्ययन गरे। उनले वायुमण्डलको संरचनामा भएको भिन्नता जलवायु परिवर्तनमा जिम्मेवार हुन सक्ने बताए। टिन्डलले कार्बनडाइअक्साइडले पनि तापलाई सोस्न सक्ने पत्ता लगाए।

अन्नपूर्ण