२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


मिस युनिभर्स नेपालको फाइनल आज


13
Shares

काठमाडौं । मिस युनिभर्स नेपाल २०२१ को उपाधिका लागि आज प्रतिस्पर्धा हुँदै छ । ‘मिस युनिभर्स नेपाल’ को दोस्रो संस्करण अन्तर्गत आज साँझ हुने यस प्रतिष्पर्धामा १६ जना सुन्दरीहरु सहभागी हुँदैछन् ।

सुजिता बस्नेत, रक्षा उप्रेती, मन्दिरा कार्की, वृष्टि आचार्य, प्रितिमा पन्थी, केशु खड्का, सगारिका मल्ल, स्मीता न्यौपाने, सगुन गुरुङ, सदीक्षा खड्का, प्रतीक्षा क्षेत्री, स्मारिका कार्की, विभूति गौतम, आर्या निशान्त, अनिशा महर्जन र नीना मण्डलबीचको प्रतिष्पर्धाबाट मिस युनिभर्स नेपालको छनौट गरिने छ ।

विजेताले १० लाख राशीको नगद पुरस्कार र हीराजडित ताज पुरस्कार पाउने छन् । मूख्य प्रायोजक अन्तर्राष्ट्रिय प्रशाधन कम्पनी ओरीफ्लेम रहेको प्रतियोगिताको ईमेज च्यानलले आज साँझ ६ बजेपछि प्रत्यक्ष प्रसारण गर्ने छ ।

‘मिस युनिभर्स नेपाल’ का विजेता आगामी डिसेम्बर १२ मा इजरायलमा हुने ‘मिस युनिभर्स’ प्रतियोगितामा सहभागी हुनेछिन । ‘मिस युनिभर्स नेपाल’ को पहिलो उपाधि गत वर्ष आंशिका शर्माले जितेकी थिइन् ।