काठमाडौं । नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएर एक हजार एक सय १९ बनाएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संऋया चार सय थपेको हो ।
बिहीबार बसेको स्थायी कमिटीले एक हजार पाँच सय ३६ प्रतिनिधि चयन गर्ने निर्णय भएको थियो । केन्द्रीय कमिटीमा संख्या बढाउनुपर्ने सुझाव आएपछि संख्या बढाएरको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले भूगोलमा संख्या बढ्ने बताए । भूगोलमा एक हजार एक सय १६ संख्या तोकिएको छ ।
‘स्थायी समिति १५ सयको हाराहारीमा प्रस्ताव गरेको थियो, केन्द्रीय सदस्यबाट बढाउन सुझाव आयो, सुझावको आधारमा थपिएको हो ।’ विधान महाधिवेशनमा भने ६ हजार प्रतिनिधि थिए । विधान अधिवेशनमा धन्दा धेरै घटाएको भन्दै बढाउन दबाब बढेको थियो । ‘दुई हजारमा नबढ्ने गरी प्रतिनिधि बनाउने निर्णय भएको छ,’ केन्द्रय सदस्य लक्ष्मण ज्ञवालीले भने, ‘हाम्रो सुझावकै आधारमा प्रतिनिधि संखया बढाइएको हो ।’





प्रतिक्रिया दिनुहोस्