काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर विरुद्ध विरोधका कार्यक्रम सार्वजनिक गर्दै राजीनामाका लागि पाँच दिनको अल्टिमेटम दिएको छ । बारले आइतबारदेखि बुधबारसम्म सर्वोच्च अदालतभित्रै गर्ने विरोधका कार्यक्रम घोषणा गरेको छ ।
बुधबारसम्म सर्वोच्चमा एक घन्टा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने तथा मंगबार सर्वोच्च प्रांगणमा धर्ना तथा विरोधसभासमेत गर्ने घोषणा बारले गरेको छ। ‘कात्र्तिक १४, १५, १६ र १७ गतेसम्म प्रत्येक दिन बिहान १० देखि ११ बजेसम्म् सर्वोच्च प्रांगणमा धर्ना र विरोधसभा गर्ने निर्णय गरिएको छ, ‘शुक्रबार बारको बैठकपछि महासचिव लीलामणि पौडेल जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।’
यो अवधिभित्र पनि प्रधानन्यायाधीश जबराले राजीनामा नदिए थप विरोधका कार्यक्रम ल्याउने बारको चेतावनी छ । ‘उल्लेखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रम घोषणा गर्ने निर्णय भएको छु, विज्ञप्तिमा उल्लेख छ । प्रधानन्यायाधीशले राजीनामा नदिए इजलास बहिष्कार गर्ने बजरालाई सर्वोच्च प्रवेशमा रोक लगाउनेदेखि सडक आन्दोलनसम्म गर्न सक्ने चेतावनी महासचिव पौडेलले दिँदे आएका छन् । न्यायालय सुधारका लागि बाध्य भएर विरोधका कार्यक्रम घोषणा गर्नुपरेको उनको भनाइ छ ।
बारले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न पनि सुझाव दिएको छ । ‘प्रधानन्यायाधीशज्यूबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम गर्न नसकेकाले राजीनामा मागिएको हुँदा इजलासमा नबस्न जोडदार माग गर्ने,’ विज्ञप्तिमा उल्लेख छ ।
बारले न्यायपालिकाको अहिलेको अवस्था र आफ्नो निर्णयबारे देशभरका ९० वटै बार एकाइमा पनि परिपत्र गर्ने र निर्णय कार्यान्वयनका लागि अनुरोध गर्ने भएको छ । सबै एकाइका अध्यक्ष र सचिवहरूसँग भर्चुअल ९जुम०मार्फत छलफल, अन्तत्र्रिmया र सुझाव संकलन गर्ने निर्णय गरेको छ । बारले सार्वजनिक गरेको आन्दोलनमा ऐक्यबद्धता र सक्रिय सहभागिता जनाउन सबै कानुन व्यवसायीलाई आग्रहसमेत गरेको छ ।
बारले भनेअनुसार प्रधानन्यायाधीशले आजको दिनसम्म राजीनामा नदिएका कारण केही अवरोधका कार्यक्रम घोषणा गरेको र यो निर्णयमा पुग्नुअघि उपत्यकास्थित बारका सबै इकाइसँग छलफल गरेको महासचिव पौडेलले बताए ।





प्रतिक्रिया दिनुहोस्