Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


विवादास्पद विधेयक छलफलमा लैजाऔं : अधिकारी, सत्ताधारी शीर्ष नेता निरंकुश बने : देव


0
Shares

काठमाडौं, पुस २४ । नेपाली कांग्रेसका सांसदहरुले विवादास्पद विधेयकहरुलाई छलफलमा लैजानुपर्ने बताएका छन् ।

‘छलफलमा लैजाऔं’

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका राधेश्याम अधिकारीले सूचना प्रविधि, नेपाल विशेष सेवा र मिडिया काउन्सिल विधेयकलाई छलफलका लागि जनतामा लैजानुपर्ने बताएका हुन् ।

उनले मौलिक हकमा बन्देज लाग्ने गरी ल्याइएका विधेयकलाई राष्ट्रियसभा नियमावलीबमोजिम जनतामा लैजाने र प्रक्रियामा हाल्ने नीति बनाउन माग गरे ।

आरोप

कांग्रेसकै सांसद जितेन्द्रनारायण देवले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु निरंकुश बन्दै गएको आरोप लगाए ।

नेकपाका शीर्ष नेताहरुकै कारण सभामुख चयनमा अवरोध आएको भन्दै उनले प्रदेशको नाम र राजधानी चयनमासमेत शीर्ष नेताहरुले हस्तक्षेप गरेको आरोप लगाए ।

बैठकमा सत्तारुढ दल नेकपाका सांसद महेशकुमार महराले संघीयता आएपनि सिंहदरबारले अझैपनि सुदूरपश्चिमलाई हेलाको दृष्ट्रिले हेर्ने गरेको आरोप लगाए ।

विधेयक पेस

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका थिए ।