Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


सत्यनिरुपण र बेपत्ता छानबिन आयोग भागबन्डामै पुनर्गठन : सन्चारमन्त्री


0
Shares

काठमाडौं, पुस २४ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पुनर्गठन राजनीतिक भागबन्डाका आधारमा हुने बताएका छन् ।

मन्त्रिपरिषद्को यही पुस २१ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सन्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले प्रमुख प्रतिपक्ष दलकोसमेत सहमतिमा आयोगहरुको पुनर्गठन गरिने बताए ।

त्यसक्रममा मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका विभिन्न १४ ओटा निर्णयहरु सार्वजनिक गरेका थिए ।

यो पनि पढ्नोस्

यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय