आन्दोलित कृषकलाई दिल्ली प्रवेशमा रोक, प्रहरीले अवरोध हटाउँदै « Image Khabar


आन्दोलित कृषकलाई दिल्ली प्रवेशमा रोक, प्रहरीले अवरोध हटाउँदै


१२ कार्तिक २०७८, शुक्रबार १६:१७


एजेन्सी । कृषि कानूनको विरोधमा आन्दोलनमा उत्रिएका किसानलाई भारतीय राजधानी नयाँदिल्ली प्रवेशमा रोक लगाउन विभिन्न नाकामा खडा गरिएका अवरोधलाई प्रहरीले हटाउन थालेको छ ।

दिल्ली प्रहरीले ठूलो संख्यामा किसानहरु उपस्थित हुने गाजीपुर बोर्डरमा बनाइएका अवरोधलाई हटाएको छ । आक्रोशित किसानलाई रोक्न प्रहरीले दिल्ली प्रवेश गर्ने केही नाकाहरुमा फलामका किला र कंक्रिटका निकै मजबुत बैरिकेडहरु खडा गरेको थियो । प्रहरीले अवरोध हटाउन थालेपछि भारतीय काँग्रेसका नेता राहुल गान्धीले एक ट्वीटमार्फत अहिले देखावटी बैरिकेड हटेको भन्दै चाँडै नै कृषि विरोधी तीनवटै कानून पनि हट्ने जिकिर गर्नु भएको छ ।

त्यसैगरि भारतीय किसान युनियनका नेता राकेश टिकैतले सडकको अवरोध हटेपछि आफ्नो उत्पादन बेच्न संसदमा जाने चेतावनी दिनु भएको छ । एक ट्वीटमार्फत नेता टिकैतले मोदी सरकारले अन्नदाताहरुमाथि अन्याय गरिरहेको भन्दै गरिबहरुको रोटीलाई पूँजीपतिहरुले कब्जा गरेको आरोप लगाउनु भएको छ । सरकारले ल्याएको कृषि कानुनको विरोधमा झण्डै एक बर्षदेखि भारतीय कृषक आन्दोलित छन् ।