Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


किसानलाई सरकारको ५ अर्ब ५२ कारोड राहत


0
Shares

काठमाडौं । काक्तिक पहिलो साता तीन दिनसम्म परेको बेमौसमी बर्षाले किसानको ११ अर्ब ८७ करोड ५१ लाख ६० हजार रुपैयाँबराबरको धानबाली नष्ट गरेको छ । क्षतिको विवरण संकलन गर्न गृह मन्त्रालयका सचिवको नेतृत्वमा गठित समितिको प्रतिवेदनपछि सरकारले पीडित किसानलाई पाँच अर्ब ५२ करोड राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो र डुबानका कारण क्षति बेहोरेका किसानलाई चार किसिममा वर्गाीकराण् गरी राहत उपलब्ध गराउने निर्णय गरेको हो । साना किसानलाई पहिलो प्राथमकतामा राखिएको छ । यस वर्षका लागि निर्धारण भएको धानको न्यूनतम समर्थन मूल्य दुई हजार नौ सय दुई रुपैयाँ प्रतिक्विन्टल लागत मूल्य र प्रतिहेक्टर उत्पादन तीन मेट्रिकटनलाई आधार मानेर सरकारले राहत रकम निकालेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका नुसार १० कट्ठासम्म खेत भएका साना किसानलाई ६५ प्रतिशत राहत उपलब्ध गराउने निर्णय भएको छ । यस्ता किसानले प्रतिकट्ठा एक हजार नौ सय २१ रुपैयाँका दरले राहत पाउनेछन् । त्यस्तै, ४० कट्ठासम्म (दुई बिघा) जािन चएका किसानले पूर्ण क्षति बेहोरेको भए ३० प्रतिशत राहत पाउनेछन् । यस्ता किसानलाई प्रतिकट्ठा आठ सय ८७ रुपैयाँका दरले राहत दिइने मन्त्री कार्कीले बताए ।

नयाँ पत्रिका