Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


‘एमसीसी’को सहयोग राष्ट्रिय हितलाई सर्वोपरी राखेर लिन्छौं : उपप्रधानमन्त्री


0
Shares

कास्की । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकी सहयोग एमसीसीको सहयोग राष्ट्रिय हितलाई सर्वोपरी राखेर लिन सकिने उल्लेख गरेका छन् ।

प्रेस संगठन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले इन्टरनेशनल मिलिट्री एलाइन्समा नेपाल सामेल नहुने तर अरु कुरामा सहयोग लिन सकिने बताए ।

उनले सहयोग लिने–नलिनेबारे संसद्मा छलफलमा पुगेकाले संसद्को निर्णय नै मान्य हुने बताए । सीमा सुरक्षाको बारेमा बोल्दै रक्षामन्त्री पोखरेलले औपचारिक रुपले पहिलो पटक नेपाल सरकारतर्फबाट डिप्लोमेटिक नोट भारत सरकारलाई पठाएको र उपयुक्त प्रमाण र तथ्यका आधारमा अब भारतसँग कुरा गर्ने बताए ।

सुगौली सन्धिपछि जसरी एकतर्फी रुपमा सीमा साँघुरो बनाउने काम भयो, त्यसमा सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै जहाँ नेपालको सीमा हो, त्यसमै कायम रहने उनको भनाइ थियो ।