हिमालयनमा ट्रेड युनियन कांग्रेस निकट श्रमिक विजय « Image Khabar


हिमालयनमा ट्रेड युनियन कांग्रेस निकट श्रमिक विजय



विरगन्ज । पर्सास्थित हिमालयन डिष्टिलरी लिमिटेडमा नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल कारखाना श्रमिक संघ विजय भएका छन् ।

बुधबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ट्रेड युनियन कांग्रेस आवद्ध नेपाल कारखाना श्रमिक संघ विजय भएका हुन् ।

कारखाना श्रमिक संघले ९९ मत र निकटतम प्रतिद्वन्दी एमाले निकट समग्र उद्योग ट्रेड युनियन नेपालले ८७ मत प्राप्त गरेको संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशीले जानकारी दिनुभयो ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रत्येक दुई दुई वर्षमा हुने गर्दछ ।