 
	    काठमाडौं, कात्तिक १० । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दवाबहरु आफूमाथि आउने गरेको खुलासा गर्नु भएको छ ।
सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरुसँग बुधबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा भएको सामूहिक भेटमा उहाँले आफूले अनावश्यक राजनीतिक दवाबहरुलाई पदमा रहुन्जेल प्राथमिकता नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री पौडेलले आफ्नो पहिलो प्रयास सार्वजनिक शिक्षाको सुधारमा केन्द्रित हुने उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले ‘राष्ट्रपति शैक्षिक कार्यक्रम’ र ‘पढदै ः पढाउँदै कार्यक्रम’ तत्काल अघि बढाउने बढाइने र त्यसमा सुझाव दिन विद्यार्थी नेताहरुलाई आग्रह गर्नु भयो । छलफलमा विद्यार्थी नेताले निजी क्षेत्रले विद्यार्थीहरुबाट जथाभावी शुल्क असुली गरेको भन्दै तत्काल नियन्त्रण गर्न मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए ।
मन्त्री पौडेलसँगको भेटमा सत्तारुढ दलमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैठौंका सुर्य पौडेललगायतका नेताहरु सहभागी हुनु भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्