Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


राजपा नेता रामबाबु यादवले चर्को ब्याज असुलेको भन्दै उजुरी


0
Shares

काठमाडौं । राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु यादवले झण्डै दुईसय भन्दा बढी व्यक्तिलाई ऋण दिएर उनीहरुबाट चर्को ब्याज असुली गरेको खुलासा भएको छ ।

सर्लाहीका यादव र उनका सहयोगी सञ्जय साहले विभिन्न समयमा सर्वसाधारणलाई तमसुकमा सही छाप गर्न लगाएर अरबौ रुपैँया ठगी गरेको गुनासोसहित पीडित पक्षले बुधबार महान्यायाधिवक्ताको कार्यालयमा उजुरी गरेका छन् ।

विभिन्न बहानामा जालझेल गरि करकापमा पार्दै जग्गा समेत खाइदिएको गुनासो पीडितको छ । ठगीएर आफुहरु घरबारविहीन भएको उनीहरुले गुनासो गरेका छन् ।

पीडित पक्षहरुको गुनासो सुन्दै महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले आरोपीलाई कानुनबमोजिम कारबाही हुने बताएका छन् ।

उनले ठगिएका पीडित पक्षलाई लिखित रुपमा नजिकैको प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गर्दै सम्पूर्ण नगद र जग्गाहरु समेत फिर्ता हुने आश्वासन दिए ।

यस्तो प्रकृतिका ठगीका घटनाहरु तराईमा निकै हुने गरेको बताउँदै महान्यायाधीवक्ता खरेलले जालझेलबाट बच्न सवैलाई सचेत रहन आग्रह गरे ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दोषिलाई छिट्टै कानुनी कठघरामा उभ्याइने बताए ।

पीडित पक्ष महान्यायाधिवक्ताको कार्यालय पुग्नु अघि गृहमन्त्रालय, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाललाई भेटेर न्यायका लागि आग्रह गरेका थिए ।