Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


प्रधानन्यायाधीशलाई पद छाड्न चौतर्फी दबाब


0
Shares

काठमाडौं । सर्वोच्च अदालतमा सोमबार नेपालको न्याकि इतिहासमै नदेखिएको घटना भयो-१३ जना न्यायाधीश सामूहिक रुपमा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले तोकेको इजलासमा बसेनन् ।

यसले प्रधानन्यायाधीश र न्यायाधीशबीच विश्वासको संकट देखाएको छ । प्रधानन्यायाधीश जबरा न्यायिक विचलन, भागबन्डा, सौदाबाजी र भ्रष्टाचारमा संलग्न भएको भन्दै सार्वजनिक रुपमा मागिएको उनको राजीनामाप्रति सर्वोच्चकै न्यायाधीशहरुसमेत ‘कन्भिन्स’ भएको देखिन्छ । इजलास तोकिने तर सर्वोच्चका सबै न्यायाधीश इजलासमा नबस्ने यस्तो अभ्यास प्रधानन्यायाधीश जबराले राजीनामा दिएर मार्गप्रशस्त नगरेसम्म दोहोरिँदै जाने कानुनविद्हरुले बताएका छन् ।

त्यसअघि नै जबराले बहिर्गमनको बाटो रोज्नुपर्ने उनीहरुको सुझाव छ । संविधानविद् भीमार्जुन आचार्यले न्याकि नेतृत्वले सही ढंगले न्यायपालिका सञ्चालन गर्न नसक्दा अहिलेको संकट निम्तिएको बताए ।

‘सर्वोच्च अदालतमा आइतबार र सोमबार न्यायिक इतिहासमा विरलै हुने घटना भए, यसलाई न्यायिक नेतृत्वप्रति न्यायाधीशहरुको भद्र असहमतिका रुपमा लिनुपर्छ,’ उनले भने, ‘उहाँ (जबरा) ले समयमै यसको अर्थ बुझेर राजीनामा दिनुभयो भने दुई र चार दिनपछि न्यायालय सामान्य अवस्थामा फर्किन्छ । न्यायाधीशहरुले प्रधानन्यायाधीशलाई तपाईँ न्यायपालिकाको नेतृत्व गर्न असक्षम हुनुभयो भनेका हुन् । उहााले त्यो बुझ्न सक्नुभएन भने अवस्था मुठभेडतिर जान्छ । त्यसले झन् जटिलता थप्छ ।’

कान्तिपुर