१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


२३ वर्ष मुनिको एसियन कप फुटबल छनोटमा आज नेपाल र इरान भिड्दै


0
Shares

एजेन्सी । एएफसी २३ वर्ष मुनिको एसियन कप फुटबल छनोटमा नेपालले आज इरानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्नेछ ।

नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ५ बजे सुरु हुनेछ । इरानविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन् ।

तर, इरानविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । नेपालले २३ वर्ष मुनिको एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो । यस अघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो ।

त्यस खेलमा इरानले नेपाललाई ५–० ले पराजित गरेको थियो । छनोटको समूह ’बी’ मा रहेको नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।