
काठमाडौं । चन्द्रागिरि नगरपालिकाकी ५८ वर्षीया सावित्री केसी ७ वर्षको छँदै छुट्टिएकी कान्छी छोरी सविनाको विश्वासिलो खै . खबर थाहा पाउन १४ वर्षदेखि अधैर्य थिइन् । गत असार अन्तिम साता भने अचम्मै भयो । उनले छोरीलाई मोबाइलको स्क्रिनमा देखिन् । छोरीको मुखबाट पनि केही शब्द निस्किए । सावित्रीले पनि छोरीको भाष बुझिनन् । अनुहारको भाव हेरेर दुवैले न्यास्रो साटे ।
२०६४ तिरको कुरा हो । सावित्रिका दुई छोरीमध्ये कान्छी साविना नजिकैको सरकारी स्कुलमा ३ कक्षामा पढ्थिन् । घरघरै डुलाएर धुप बेत्दै आउने एक महिलाले उनकी ठूलीआमाकी छोरी शान्तिलाई भनिन्, ‘यताउति कोही दुःखीगरिबका बालबच्च छैनन् रु तिनलाई पढाइदिने एउटा संस्था मसँग सम्पर्कमा छ ।’ थानकोट घर भएकी शान्तिमार्फत धुप बेच्न आउने ती महिलाले सवनाको परिवारको दुःख थाहा पाइन् । सविनाका बाबु सहरमा टेम्पो चलाएर परिवारको गर्जो धानिरहेका थिए ।
केही दिनमै संस्थाको मान्छे बताउँदै पार्वती खत्री र लोकेन्द्र खत्री घरमै आइपुगे । सवनिालाई संस्थामा राखेर निशुल्क पढाइदिने आश्वासन दिए । सावित्री दम्पती सहमत भए । त्यसपछि चाइल्ड ब्राइट नेपाल नामक संस्थाले सावित्रीलँई लग्यो । ललितपुरको भैंसीपाटीस्थित संस्थाको बाल आश्रममा पुगेर सावित्री र उनका श्रीमान् बाबुकाजीले बेलाबखत छोरीलाई भेट्थे । नियास्रो मेट्थे । सावित्रीका अनुसार एक दिन संस्थाका मान्छेहरुले उनीहरुलाई केही कागजमा हस्ताक्षर गर्न लगाए । अनपढ सावित्री दम्पतीले भनेअनुसार गरिदिए । त्यसको केही दिनमै उनीहरुले थाहा पाए, सविनालाई धर्मपुत्री बनाएर संस्थाले विदेश पठाइदिएछ ।
प्रतिक्रिया दिनुहोस्