४ असार २०८२, बुधबार | Wed Jun 18 2025


बाह्रबिसे युथ म्याराथनको उपाधि सिद्धार्थ तामाङलाई


0
Shares

काठमाडौं । ‘बाह्रबिसे युथ म्याराथन २०७८’ को उपाधि सिद्धार्थ तामाङले जितेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा शनिबार भएको म्याराथन प्रतियोगीतामा सिद्धार्थ तामाङले ‘बाह्रबिसे युथ म्याराथन २०७८’ को उपाधि जितेका छन् ।

शनिबार भएको म्याराथनको निर्धारित ४ किलोमिटर दुरी २० मिनेट ४ सेकेण्डमा पुरा गर्दै बाह्रबिसे नगरपालिका वडा नम्बर ४ का तामाङले उपाधि जितेका हुन् ।

म्याराथनको लागि बाह्रबिसे नगरको बाह्रबिसे हुँदै कल्लेरीसम्मको ४ किलोमिटर दुरी तय गरिएको थियो । बिजेता तामाङले २४ हजार नगदसहित मेडल हात पारेका छन् ।

यस्तै, निर्धारित दुरी २.१ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै बाह्रबिसेकै विशाल भुजेलले द्धितिय स्थान हासिल गरे । उनले नगर १८ हजारसहित ट्रफी मेडल हात पारे ।

यस्तै, महिलातर्फ निर्धारित दुरीलाई १६ मिनेट ४ सेकेण्डमा पुरा गरी सपना बस्नेत प्रथम र १७ मिनेट २४ सेकेण्डमा दुरी पार गर्दै जानु घिसिङले द्धितिय स्थान हासिल गरिन् ।

उनीहरुले क्रमशः नगद रु २० हजार र १३ हजार नगद हात पारे । तातोपानीनाकासंग जोडिएको बाह्रबिसे बजारको पर्यटन प्रवद्र्धन गर्न आयोजना गरिएको म्याराथनका विजेतालाई पूर्वमन्त्री एंव नेपाली कांग्रेस खेलकुद विभागका संयोजक मोहनबहादुर बस्नेतले पुरस्कार वितरण गनुभएको थियो ।

पुरस्कारपछि कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक बस्नेतले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता राखेर काम गरिरहेको बताउनुभयो ।