Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


देशभर वर्षा र हिमाली भेगमा हिमपात हुने


0
Shares

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्कारफाटफुट वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। सबै प्रदेशका थोरै(थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। बागमती र प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा धुमफिर गर्दा आवश्यक सावधानी अपनाउनु महाशाखाले आग्रह गरेको छ ।