Logo १४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026


प्रधानन्यायाधीशको चित्तमा नलाग्दा रञ्जनविरुद्धको मुद्दा १५ महिनासम्म स्थगित


0
Shares

काठमाडौं । अन्यत्र अन्याय भए न्यायालय जाने हाे, तर सर्वोच्च न्यायालयमै अन्याय भए कहाँ जाने रु पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शैलीले पीडित परिवारका मनमा यही प्रश्न उठेको छ ।

पत्नी हत्याको अपराध सावित भए पनि प्रधानन्यायाधिशसमेतको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला जेलमुक्त भएका थिए । तर, सर्वसाधारण सडकमा उत्रिएपछि मुद्दा पुनरावलोक गर्न तयार भएका जबराले १५ महिनामा जम्म तीन पटक पेसी तोकेर तीननै पटक आफैं स्थीगत रगाएका छन् ।

पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए । तर, प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेज बहादुर केसीको इजलासले पत्नी हत्याको जघन्य अपराध गरे पनि ‘२० वर्ष कैद गर्दा चर्को पर्न जाने चित्तमा लागेकोु भन्दै कोइरालालाई गत वर्ष असार १५ मा कैद सजाय घटाउने फैसला गरेको थियो । त्यतिन्जेलसम्म आठ वर्ष ६ महिना थुनामा रहेका कोइरालालाई ‘त्यति नै जेल बस्दा पनि सजायको मकसद पूरा हुन्छ’ भन्ने इजलासको ठहर थियो ।

कान्तिपुर