 
	    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
अध्यक्ष ओलीले बेमौसमा आएको वर्षाका कारण ज्यान गएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभयो ।
शनिबार पार्टीको वडा अधिवेशनहरूको भर्चुअल रूपमा उद्घाटन गर्दै उहाँले वर्षात्को मारमा परेकाहरूलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिनुभयो ।
अध्यक्ष ओलीले पार्टी भित्र उन्नत स्तरको एकता रहेको दावीसमेत गर्नुभयो । उहाँले उन्नत स्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरू सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
ओलीले अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरू छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरूलाई निर्देशन दिनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्