काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिनुभएको छ ।
गृहमन्त्री खाँणले दुवै प्रहरी संगठनका उच्च प्रहरी अधिकारीलाई साक्षी राखेर संगठन मर्यादित बनाउनेतर्फ अग्रसर हुन सल्लाह दिनुभयो । प्रहरी संगठनभित्र मुस्कान सहितको सेवाका अतिरिक्त सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।
संगठनको छवि बाहिर राम्रो बनाउन सम्मान सहितको सेवा सञ्चालन गर्न सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्दको प्रयोग गरेर त्यसको सुरुवात गर्ने तयारी गरिएको बुझिएको छ ।
विशेषतः प्रहरी र सेनामा आफूभन्दा तल्लो तहमा भएका कर्मचारीलाई सम्बोधन गर्दा ‘तँ’ भनेर बोलाउने गरिन्छ । संगठनभित्रको मर्यादालाई कायम राख्न मातहतका कर्मचारीलाई आदरार्थी शब्द प्रयोग गरेर सम्बोधन गर्न आवश्यक रहेको मन्त्री खाँणले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्