
एजेन्सी । आयरल्याण्डलाई हराउँदै श्रीलंका विश्वकप टि-ट्वान्टी क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । क्वालिफायर राउण्डमा लगातार दुई जित निकाल्दै श्रीलंकाले मुख्य प्रतिस्पर्धामा आफ्नो ठाउँ पक्का गरेको हो ।
गएराति युएईको आबुधाबीमा भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ७० रनले पराजित ग¥यो । खेलमा पहिले व्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनायो । जवाफमा आयरल्याण्डले १९ औं ओभरमा अलआउट हुनुपूर्व १ सय १ रन मात्रै बनाउन सक्यो ।
जितसँगै श्रीलंका सुपर १२ मा पुग्दा समुहबाट छनौट हुने दोस्रो टोलीको छिनोफानो अन्तिम खेलबाट हुन भएको छ । नामिबिया र आयरल्याण्डबिचको अन्तिम खेलको विजेता पनि सुपर १२ मा प्रवेश गर्नेछ । हिजोको पहिलो खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै नामिबियाले छनौट हुने संभावना जिवित राखेको हो ।
विश्वकप टि ट्वेन्टी क्रिकेटको क्वालिफायर राउण्डमा आज समुह बि का अन्तिम दुई खेल हुनेछन् । पहिलो खेलमा बंगलादेश र पपुवा न्युगिनी भिड्दा दोस्रो खेलमा ओमानले स्कटल्याण्डको सामना गर्नेछ । समुहमा दुई खेलबाट स्कटल्याण्डको ४ अंक छ भने बंगलादेश र ओमानको २–२ अंक छ । समुहका शिर्ष दुई टोली सुपर १२ मा पुग्नेछन् ।
प्रतिक्रिया दिनुहोस्